खेलकूद विकास समितिका पदाधिकारीहरुले गरे शपथ ग्रहण



हेटौँडा : आज (मंगलबार) १३ जिल्लाका खेलकूद विकास समितिका पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले सबै जिल्लाका खेलकूद विकास समितिका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई शपथ गराएका हुन् ।

सामाजिक विकास मन्त्री युवराज दुलालले खेल क्षेत्रका चुनौतीलाई अवसरमा परिणत गरेर काम गर्नुपर्ने बताउँदै प्रतिभाशाली खेलाडीलाई यस क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए ।

मन्त्री दुलालले राज्यले निश्चित खेललाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै दुई महिनाभित्र प्रथम प्रदेश खेलकूद प्रतियोगिता आयोजना गरिने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिए ।

प्रदेश खेलकूद विकास परिषद्ले गत माघ ७ गते १३ जिल्ला खेलकूद विकास समितिको अध्यक्ष र सदस्य चयन गरेको थियो । खेलकूद समितिमा १ अध्यक्ष र ४ सदस्य रहने व्यवस्था छ । उनीहरुको पदावधि ५ वर्षको हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्