माछापुच्छ्रे बैंकले भित्र्यो विदेशबाट १० मिलियन अमेरिकी डलर



काठमाडौं : माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्वभन्दा बढि पैसा नेपाल भित्र्याएको छ ।

यस अघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात १ अर्वभन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो ।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसायलगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्