रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ



काठमाडौं : केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शना (न्यौपाने) बारे विवादास्पद समाचार प्रकाशित गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।

 

रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् । 

 

अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौँको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरि अनुसन्धान अघि बढाइएको छ . उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्