नेहा र आदित्यको विवाह मिति तोकियो



एजेन्सी : बलिउड गायिका नेहा कक्कड र आदित्यनारायण झाको विवाह मिति टुङ्गो लागेको छ । उनीहरुको विवाह आउँदो फेब्रअरी १४ मा हुने भएको हो ।

इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको थियो ।

अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ । सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ । जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी ( मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रूपमा उपस्थित भइसकेका छन्। दुबैको परिवार पनि विवाहको लागि मञ्जुरी दिएको छ। उदितनारायणले त निकैअघि यसमा स्विकारोक्ति दिइसकेका छन्।

उदितनारायणका साथै उनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन् । इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ ।

यसबाहेक नेहा कक्कड र आदित्यनारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् । नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’।

प्रतिक्रिया दिनुहोस्