गाडी खरिद प्रकरण: प्रदेशसभा मै छन १७ गाडी



रुपन्देही: प्रदेशसभाले आर्थिक बर्ष ७५/७६ को बजेटमा २ करोड ९० लाख रुपैयाँ गाडी खरिदका लागि बजेट छुट्टयायो। यसको कारण थियो –‘ धेरै गाडी पनि चाहिन्न, महंगो पनि आवश्यक पर्दैन।’ तर यो बजेटले प्रदेशसभाकै कर्मचारीका लागि आवश्यक गाडी खरिद गर्न पनि नपुग्ने भयो। ४ वटा विषयगत समिति बढेर ७ वटामा पुग्यो।

राजधानी सिफारिस बिशेष समिति, विपक्षी दलका नेता, सत्तापक्ष र विपक्ष दलका सचेतकसम्मलाई गाडी चाहिएपछि ११ वटा गाडी चाहियो। राजधानी सिफारिश विशेष समितिका सभापतिले गाडी नपाएकोमा आक्रोश पोखेँ। उनलाई पनि गाडी चाहिएपछि गाडि संख्या बढेर १२ पुग्यो। सभामुख, उपसभामुख, सचिव र अन्य कर्मचारीका लागि पनि गाडी किन्नै पर्ने भयो।

बजेट थोरै छुट्टाएको प्रदेशसभाले सांसददेखि प्रदेशसभाका कर्मचारीसम्मलाई गाडि आवश्यक परेपछि अर्थमन्त्रालयसँग बजेट माग गरेर भदौ २६ गते १४ वटा गाडीका लागि टेन्डर खुलाएको थियो। तर १३ वटा मात्रै गाडी खरिद गरेको हो। प्रदेसभाले टाटाको स्टंगलाई प्रतिगाडी ७१ लाख ९४ हजारका दरले ७ करोड ९१ लाख ३४ हजारमा ११ वटा खरिद गरेको छ। निशान टेरेनो ५३ लाख ९५ हजार र ३५ लाख ८५ हजार मूल्यको पिकअप महेन्द्रा स्कार्पियो खरिद गरेको हो।

प्रदेशसभाले यो बर्ष मात्रै ८ करोड ८१ लाख १४ हजार मूल्यका १३ वटा नयाँ सवारी खरिद गरेको छ। गत बर्ष करिव ९ लाख रुपैयाँ बराबरको ४ वटा मोटरसाईकल र २ वटा स्कूटी प्रदेशसभाले खरिद गरिसकेको थियो। प्रदेशसभाले छुट्याएको बजेटमा ५ करोड ९१ लाख १४ हजार रकम अर्थ मन्त्रालयसँग माग गरेर गाडी खरिद गरिएको हो। निशान टेरेनो पनि राम्रै गाडी मानिन्छ। तर विवादमा आएको स्टंग भने १७ लाख ९९ हजार बढि मूल्य तिरेर खरिद गरिएको हो। एकातिर महंगो अर्को तर्फ मन्त्रालय र प्रदेशसभाले खरिद गरेको गाडीमा फरक फरक मूल्यमा खरिद गरिएपछि अनियमितता भएको भन्दै सार्वजनिक लेखाले छानविन गरिरहेको नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्