नेप्से घट्याे, काराेबार रकम बढ्याे



काठमाडाैं  : धितोपत्र बजारमा बुधबार सेयरको मूल्य ओरालो लागेको छ  तर काराेबार रकम भने वृद्धि भएकाे छ। मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि बुधबार त्यसले निरन्तरता पाउन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कारोबारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ । 

स्टकका अनुसार बुधबार कूल १ सय ६९ कम्पनीको १७ लाख ४४ हजार १ सय ८७ कित्ता सेयर ५३ करोड ६ लाख ५१ हजार ४ सय ३५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार भएका एघार उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा वृद्धि भयाे भने आठ उपसमूहको सूचकमा ह्रास आएकाे छ ।

व्यापार एक दशमलव ८६,जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेका छन् । बैंकिङ पाँच दशमलव दुई, होटल दुई दशमलव ४४, विकास बैंक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य चार विन्दुले घटेका छन् । 

घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका सेयरधनीले कमाएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभपमेन्ट बैंक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका सेयरधनीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्