मिटर रिडरहरुकाे अान्दाेलन : ‘घरपरिवार धान्नै गाह्राे भाे ज्यालादारी खटाइयाेस्’



काठमाडाैं : मिटर रिडरहरुले सेवा सुविधा वृद्धिको सहित ६ बूँदे माग गर्दै अाइतबार पनि आन्दोलनलार्इ निरन्तरता दिएका छन् । आन्दोलनरत ९२ जना मिटर रिडरहरु विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय जनकपुरधाममा कालोपट्टी बाँधेर धर्ना दिइरहेका छन् ।

 

नेपाल विद्युत प्राधिकरण अन्तर्गत मिटर रिडरको रुपमा कार्यरत करिब तीन सय ५० कर्मचारीले ज्यालादारीमा खटाउनुपर्ने लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै गएको मंगलबारबाट आन्दोलन थालेका थिए ।

 

 प्राधिकरण व्यवस्थापनले आफूहरुलाई लामो समयदेखि विभेद र शोषण गरेको भन्दै उनीहरु असोज १६ गतेदेखि जनकपुर र विराटनगर क्षेत्रिय कर्यालयमा कामकाज ठप्प पारेर शान्तिपूर्ण धर्नामा उत्रिएका हुन् । 

 

अनिश्चितकालिन शान्तिपूर्ण धर्नामा बसेका उनीहरुले माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

 

'घर गोटागन्ती अनुसार मिटर रिडिङ्ग गर्दा परिवार पाल्न गाह्रो भयो,’ मिटर रिडिङ गर्दै आएका सुनिल पसमानले भने ।  ‘वर्षै काम गर्दा पनि ज्यालादारी सरह हाम्रो जागिर भएन । श्रम ऐनले तोके अनुसारको काम गरे अनुसारको दैनिक ज्याला दिनुपर्छ', उनले भने ।  

 

उनीहरुले मिटर रिडर केन्द्रीय संघर्ष समिति मार्फत् प्राधिकरण व्यवस्थापनलाई ६ बुँदे माग पनि पेश पनि गरेका छन्  । 


यस्ता छन् आन्दोलनरत कर्मचारीको माग :

१.गोटा गन्ती मिटर रिडर लाई ज्यालादारी गर्ने ।

२.काम गरेको प्रत्येक दिनको नियमनअनुसार ज्याला (मासिक तलब)

३.कार्य प्रकृतिअनुसार सिफ्ट काममा लगाइए सिफ्ट भत्ता, ओभरटाइम (अतिरिक्त कामको ज्याला)

४.कार्यालयको कामको सिलसिलामा अन्य ठाउँमा पठाउनु परे तोकिएअनुसार भ्रमण भत्ता,

५.कामको क्रममा दुर्घटना भए उपचार खर्च उपलब्ध गराउने

६.प्राधिकरणबाट निर्माणाधीन जलविद्युत आयोजनामासेयर लगानीको व्यवस्था गरिने निर्णय कार्यान्वायन गर्नुपर्ने  ।

 

प्रतिक्रिया दिनुहोस्