आफ्नै साथीको अगुल्टोले हानेर हत्या



धनकुटा : धनकुटामा साथीले अगुल्टोले हानेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार धनकुटा छथरजोरपाटी–३ लामोगराकी २९ वर्षीया पवित्रा राईको आफ्नै साथीले अगुल्टोले हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बेलुका ७ बजे सोही स्थानकी २८ वर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईबीच सामान्य विवाद भएको थियो।

विवादका क्रममा निर्मलाले पवित्रालाई एक्कासि दाउराको अगुल्टोले टाउको र मुखमा हिर्काएकी थिइन्।

शक्त घाइते भएकी पवित्राको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ।

घटनामा संलग्न निर्मलालाई प्रहरीले पक्राउ गरी हिरासत लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्