सन्दीपले ६ विकेट लिँदा ३५ रनमै समेटियो अमेरिका



काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ । सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो । नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै विश्व कीर्तिमान रचेको हो ।

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्