‘पाँच हजार मारेको हुँ भन्ने प्रचण्डलाई कारबाही नगर्ने सरकार पनि अपराधी संरक्षक हो’



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हिरादेवी गुरुङले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गर्न माग गरेकी छिन् ।

उनले बुधबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पाँच हजार मारेको भन्दै सार्वजनिक अभिव्यक्ति दिने प्रचण्डलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् ।

सांसद गुरुङले भनिन्, ‘पाँच हजार मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिने प्रचण्डलाई कानुनी दायरामा ल्याउन नसक्ने यो सरकार पूर्ण रुपमा अपराधी र विभिन्न काण्डैकाण्डका मालिकहरुको संरक्षक हो भन्दा फरक पर्दैन ।’

लोकतन्त्रको प्रत्याभूति भनेको कानुनी राज्य हो । न्यायको अनुभूति दिलाउनु हो । भन्दै उनले प्रश्न गरिन्, “त्यस्तो होइन भने तिनीहरूलाई कारबाही गर्न किन नसकेको ? ठूलालाई चैन, सानालाई ऐन भनेको यही हो रु यो कुन कानुनमा छ ?”

केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएका थिए । बाँकी १२ हजार राजामहाराजाले मारेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्