अघिल्लो वर्षको तुलनामा एक खर्ब बढी राजश्व संकलन, सरकार लक्ष्य नजिक



काठमाडौंः चालु आर्थिक वर्षको छ महिनामा अघिल्लो वर्षको यहीं अवधिको तुलनामा एक खर्ब रुपैयाँ भन्दा बढी राजश्व संकलन भएको छ । यो गत वर्षको तुलनामा २५ प्रतिशतले बढी राजश्व संकलन हो ।  महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४ खर्ब १ अर्ब रुपैया राजश्व संकलन गरेको छ । यो रकम सरकारले लक्ष्य गरेको करिब करिब हो ।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा सरकारले ३ खर्ब १ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको पहिलो ६ महिनाको तुलनामा राजस्व संकलन २५.५ प्रतिशतले बढेको छ । चालु वर्षमा भन्सार राजस्व कम संकलन भएको छ भने आन्तरिक राजस्वतर्फ ठूला करदाता पनि असफल देखिएको छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब रुपैयाँ राजस्व बुझाउनु पर्ने हो । तर एनसेलबाट करिब ३ अर्ब रुपैयाँ राजस्व प्राप्त भयो, जुन गत आर्थिक वर्षको भन्दा पनि थोरै हो ।

 

प्रतिक्रिया दिनुहोस्