कक्षा काेठामै दुर्इ बालिका बलात्कार गरेकाे अाराेपमा शिक्षक पक्राउ



बनेपा : काभ्रेको बेथानचोक गाउँपालिकाको कालिका माविमा अध्यनरत दुई बालिकालाई सोही विद्यालयका शिक्षकले बलात्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ। 

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई बालिकालाई ललाई फकाई र धम्काएर निरन्तर एक वर्षदेखि कक्षा कोठामै बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले  सोही विद्यालयका शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो।

 

बालिकालाई लोभ, डर, धम्कीमा कक्षा कोठामै बलात्कार गर्ने, यौन अंग खेलाउने, सुमसुमाउने गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। 

 

जाहेरीमा कक्षाकोठामा अन्य साथीलाई गृहकार्य गर्न लगाउने र उक्त बालिकालाई अन्तिम बेन्चमा राखेर यौन अंगमा औलाले चलाउने घुसारर्ने गरेको बालिकाले बताएकी छन्। 

 

गत असोज १० गते  दिउँसो खाजा खाने समयमा कक्षामा कोही नभएको मौका छोपी सरले काखमा राखी पिसाब फेर्ने ठाउँमा सरको पिसाब फेर्ने  छिराएको र दुखेर घरमा गएर आमालाई भनेपछी घटना बारे थाहा पाएको पीडित बालिकाकी आमाले बताइन्। 

 

‘छोरीको सँगैसँगै अर्की बालिकालाई पनि त्यस्तै गरी  बलात्कार गर्ने गरेको रहेछ, छोरीले भनेपछि थाहा पाएर पीडित बालिकाको आमालाई भन्दै प्रहरीमा जाहेरी दियौँ’, उनले थपिन्, ‘असोज १६ गते घरमा राति खाना खाने क्रममा मलाई र मेरो साथीलाई शंकर सरले पिसाब फेर्ने ठाउँमा गरेको भनेपछि हेर्दा रातो र सुनिएको देखेपछि मैले प्रहरीमा जाहेरी दिएँ।’

 

आरोपित शिक्षकले बालिकालाई कसैलाई भनेमा सबैको अगाडि पिट्ने धम्की दिएर कक्षा चारदेखि नै यौन अंग चलाउने गरेको बालिकालाई उद्धृत गर्दै आमाले बताएकी छन्। 

 

आरोपित शिक्षक पनौती नगरपालिका १० खोपासीमा बस्दै आएका छन्। आरोपित शिक्षक सामाजिक तथा नैतिक विषय बढाउने गर्थे। पीडितको जाहेरीका आधारमा शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। 

 

आरोपितमाथि अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका एसपी रविराज खड्काले जानकारी दिए।  उनका अनुसार अदालतबाट अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको छ। 

प्रतिक्रिया दिनुहोस्