राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान शुरु


काठमाडौं : राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान आजदेखि रुपन्देहीको सैनामैना नगरपालिका-४ स्थित मुर्गियाबाट शुरु भएको छ ।

प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले एक नाबालकलाई पोलियो थोपा खुवाएर अभियानको शुभारम्भ गरे । रुपन्देहीमा ३ चरणमा १ लाख ९ हजार ७९९ बालबालिकालाई दादुरा रुबेला र एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

फागुन १ देखि ९ गतेसम्म सात पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म ८ पालिकाका ८१४ खोपकेन्द्रमा पोलियो थोपा तथा खोप लगाइने बताइएको छ । त्यसका लागि ९२८ कर्मचारी र १ हजार ६२८ स्वयंसेवक परिचालन भएको स्वाथ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल प्रदेशको गौरवको आयोजना भएको उल्लेख गर्दै जनताको नि ःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारमा चुनौती भएकाले प्रादेशिक अस्पतालको सटर हटाइएको जानकारी दिए । उनले उक्त अस्पताललाई विशेषज्ञ सेवा पाउने अस्पतालको रूपमा समेत रुपान्तरण गर्न खोजेको बताउँदै अझै पनि स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

“स्वास्थ्यलाई मौलिक हकका रूपमा आत्मसात गरिएको छ र सरकारले आधारभूत स्वास्थ्य सेवा नि:शुल्कसमेत भनेको छ, तर व्यवाहरिक रूपमा त्यस्तो देखिएको छैन” उनले भने । राष्ट्रियसभामा सत्तारुढ दलका सचेतक खिमलाल भट्टराईले जनताको स्वास्थ्य अधिकारप्रति सबैको साझा दायित्व आवश्यक भएको बताए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको सेवा नगरपालिकामा शुरु भएको जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरी, स्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठलगायतले पोलियो थोपा र खोपको फाइदाका विषयमा जानकारी दिए ।

संघीय सरकारले ३० लाख बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्ने र तराईका १९ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित