शौरभको हत्यारा प्रहरीले लुकाएको आफन्तको आरोप



काठमाडौं : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत शौरभ उप्रेतीको हत्या गरिएको आफन्तले दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको र प्रमाण नष्ट गरेको दाबी गरेका छन् । 

मृतकका बुबा अर्जुनले छोराको हत्यामा संलग्न अपराधीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरे ।

मृतककी आमा गोपिनीले छोराका हत्यारालाई सरकारले कारबाही नगरेकोमा दुःख व्यक्त गरिन् । उनले प्रहरीले किटानी जाहेरी दिँदा पनि उजुरी दर्ता गर्न नमानेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्