काभ्रेमा इँटाभट्टा भत्कियो, दुई बालबालिकाको मृत्यु, दुई घाइते



काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका-७ श्रीरामपाटीस्थित हनुमान इँटा भट्टाको पर्खाल भत्किएर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिकासहित दुई जना घाइते भएका छन्। 

इँटाभट्टा भत्किंदा रोल्पा गंगादेवी  १ का ज्ञानबहादुर परियारका ११ महिने बालक निर्माण परियार र उनकै ३ वर्षीया छोरी जेनिशा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा रोल्पाको पारी ३ का बाबुराम घर्तीकी ३ वर्षीया छोरी झरना र ३५ वर्षीया सीतादेवी पासवान घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ। घाइते दुई जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

एक साताअघि  पाँचखालकै इँट्टा भट्टाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्