किन गरिन् २६ वर्षीया गायिका सुस्मिताले आत्महत्या ?



एजेन्सी : भारतीय गायिका सुस्मिताले आइतबार राति आत्महत्या गरेकी छन्।

आत्महत्या गर्नुअघि उनले ह्वाट्स एपबाट आमालाई म्यासेज पठाएकी थिइन् । त्यसको केहीबेरमै उनले आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्नपुरेश्वरीस्थित घरमा सुस्मिताको शव भेटिएको थियो ।

सुस्मिताले डेढ वर्षअघि शरत कुमारसँग विवाह गरेकी थिइन् । विवाहपछि श्रीमानले दाइजोका लागि दुःख दिने गरेको स्थानीयहरुले बताएका छन् ।

सुस्मिताकी आमाले पनि दाइजोका कारण आफ्नो छोरीलाई दुःख दिने गरेको प्रहरीलाई बताएकी छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिररहेको बताइएको छ । सुस्मिताले श्रीसमान्य, हालु ठुप्पालगायत फिल्ममा गीत गाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्