पछिल्लाे पाँच वर्षमा सवारी दुर्घटनामा साढे १० हजारले ज्यान गुमाए



काठमाडाैं : पछिल्लाे पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाएका छन् । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ। 

 

२० हजार १४६ घाइते गम्भीर घाइते भए। साधारण घाइतेको संख्या ४० हजार ७५४ छ। प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ।

 

गत आर्थिक वर्ष २०७५/७५० मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढाए हजारले ज्यान गुमाएको छ। 

 

सिँचाइ मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत भूगर्भविद श्रीकमल द्वेदी पहिरो र सडक दुर्घटनााट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्