दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना



चरिकोट : सुपशिद्व दोलखाको भीमश्वर मन्दिरको शीलामा आज (बिहीबार) पसिना आएको छ ।

आज बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् । योसँगै भीमेश्वर मन्दिरको शीलामा १७ औँ पटक पसिना आएको हो ।

भीमेश्वरलाई पसिना आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने चलन रहेको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराज श्रेष्ठले बताए । यस अगाडि २०७४ सालमा भीमेश्वरलाई पसिना आएको थियो ।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्