भातरको ‘स्वर्ण मन्दिर’ मा पूर्वराजा ज्ञानेन्द्र र पूर्वमहारानी कोमल



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेका छन् ।

पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहको ७० औँ जन्मदिनका अवसरमा उनकै इच्छाअनुसार ‘स्वर्ण मन्दिर’को दर्शन गरिएको बुझिन्छ ।

हिजा (बुधबार) अर्थात फागुन ७ गते पूर्वमहारानी कोमल शाह ७० वर्षमा प्रवेश गरेकी छन् ।

पूर्वराजपरिवारलाई स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेका थिए ।

पूर्वअधिराजकुमारी शोभा शाह र कुमार मोहन बहादुर शाही पनि स्वर्ण मन्दिर दर्शनमा सहभागी थिए ।

गत आइतबार करिब दुई साताका भारत प्रस्थान गरेका पूर्वराजा अमृतसरबाट शनिबार दिल्ली फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्