बास्कोटाको निजी सचिवालयमा अख्तियारको छापा, कागजपत्र जफत गरी सिलबन्दी



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा छापा मारेको छ ।

बिहीबार बास्कोटाको राजीनामा स्वीकृत भएपछि अख्तियारले उनको सचिवालयमा छापा मारेर कागजपत्र जफत गरी सिलबन्दी गरेको अख्तियारले जानकारी दिएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्