पुन: साउथ इण्डियनमा ‘भिलेन’ बन्दै अक्षयकुमार



एजेन्सी: बलिउडका एक्सन हिरो अक्षय कुमारले सुपरस्टार रजनीकान्तको फिल्म ‘२.०’ बाट साउथ फिल्ममा डेब्यु गरेका थिए । फिल्ममा रजनीकान्तको रोबोट अवतारसँगै अक्षय कुमारको जर्बरजस्त डरलाग्दो भिलेनको रोललाई दर्शकले धेरै मन पराए ।

अक्षय कुमारको लोकप्रियतालाई देखेर साउथका फिल्म निर्माताहरु आफ्नो फिल्ममा भित्र्याउन तछाडमछाड गर्न थालेका छन् । कमलहासनको नयाँ फिल्म 'इन्डियन २' मा अक्षयकुमार पुन: एकपटक भिलेनको भुमिकामा आउँदैछन् । हिरो कमलहासनको प्राय सबै फिल्म सुपरहिट हुने गरेको छ । कमल हासनको लागि माइलस्टोन साबित भएको फिल्म 'इन्डियन' हो । फिल्ममा उनले एक बृद्ध भारतीयको खतरनाक भुमिका निभाएका थिए ।

यो फिल्म १९९६ मा आएको थियो । २५ वर्षपछि सोही फिल्मको सिक्वेल ‘इन्डियन २’ ले बक्स अफिसमा धमका मच्चाउने बिश्लेषण हुन थालेको छ । सिक्वेलमा पनि उनी एग्रेसिभ ओल्ड इन्डियनको भूमिकामा छन् । निर्माता तथा निर्देशक एस. शंकरले हालै फिल्मको पोस्टर सार्वजनिक गरेका छन् । फिल्ममा हिरो कमलहासन प्रमुख भूमिकामा देखिएका छन् भने यसको छायांकनको काम सुरु भइसकेको छ ।

सन् १९९६ को साउथ फिल्म ’इन्डियन’ मा काजल अग्रवाल र सिद्धार्थको पनि महत्वपूर्ण भूमिका थियो । जसमा कमलले पिता र छोराको दोहोरो भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्