सिन्धुपाल्चाेकमा टिपर दुर्घटना एककाे ज्यान गयाे, दुर्इ घाइते



चौतारा : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा ४ ख ३३३१ नं को टिपर दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । आइतबार बेलुका भएको दुर्घटनामा परि बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । 

 

दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन् । उनीहरु दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

 

ढुङ्गा लोड गरिएको उक्त टिपर सडक भासिएर करिब २०० मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्