‘जोकर’ फागुन ३ मै हलमा 



काठमाडौं : चैत १ गते रिलिज मिति तोक्दै प्रचारप्रसारमा जुटेको फिल्म ‘जोकर’ को रिलिज मिति फेरि परिवर्तन भएको छ ।  अब फागुन ३ मा ‘जोकर’ फिल्म रिलिज हुने यस फिल्मका वितरक करण श्रेष्ठले बताएका छन् । चैत १ मा धेरै फिल्म रिलिज हुने भएपछि यस फिल्मको  रिलिज मिति फागुनमा ल्याइएको हो । 

यस फिल्मको नयाँ गीत ‘तिम्रो जिरो फिगर’ समेत सार्वजनिक गरिएको छ । रोमान्टिक डान्सिङ प्याट्रनको गीतमा नायक महादेव त्रिपाठी र नवनायिका सिम्पल खरेलले डान्स गरेका छन् । यस गीतमा ध्रुव बिस्कोको शब्द तथा संगीत रहेको छ । 

यस गीतमा स्वर ध्रुव र सुमन गुरुङको रहेको छ । गीतको कोरियोग्राफी शिव विकले गरेका छन् । यो फिल्म याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा रहेको छ । कलाकार तथा निर्देशक महादेव त्रिपाठीको ‘जोकर’ लाई विशेष पन्तले लेखेका हुन् । 

 

यस फिल्ममा सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, विशेष पन्त र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ । यस फिल्मलाई गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद कोइराला, सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्