बलिउडमा सलमान नम्बर एक



एजेन्सी : बलिउड हिरोमध्ये सलमान खान एक नम्बरमा परेका छन् । वेब दुनियाले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । वेब दुनियाले २०१८ को लोकप्रिय बलिउड नायक को हुन भनेर प्रश्न सोधेको थियो । यही सर्वेक्षणका आधारमा बलिउडका उत्कृष्ट १० नायकको सूची तयार पारिएको छ ।

सर्वेक्षणका आधारमा दोस्रो नम्बरमा अक्षय कुमार छन् । यसैगरी रणवीर सिंह तेस्रो, शाहरुख खान चौथो, आयुष्मान खुराना पाँचौं, रणवीर कपुर छैटौं, अजय देवगन सातौं, टाइगर श्राफ आठौं, आमिर खान नवौं र जोन अब्राहम १० औं नम्बरमा छन् । 

सलमानको फिल्म रेस ३ धेरै नचले पनि उनका प्रशंसकको कमी छैन । उनले ४७ देखि ९४  प्रतिशत भोट पाएका छन् । नम्बर २ मा पुग्ने अक्षय कुमार वर्षको ३-४  फिल्ममा काम गर्छन् ।  उनले १४ देखि ३७ प्रतिशत भोट पाएका छन् । नम्बर ३ मा पुग्ने रणवीर सिंह फिल्म पद्मावत र सिम्बाबाट धेरै अगाडि पुगेका छन् । उनले १३ देखि ३७ प्रतिशत भोट पाएका छन् ।

नम्बर ४ मा पुगेका शाहरुख खानले ९ देखि २५ प्रतिशत भोट पाएका छन् । नम्बर ५ मा पुगेका आयुष्मान खुरानाले ४ देखि ४१ प्रतिशत भोट पाएका छन् । नम्बर ६ मा पर्ने रणवीर कपुरले ३ देखि ७० प्रतिशत भोट पाएका छन् ।  नम्बर ७ मा पुगेका अजय देवगनले ३ देखि ५६ प्रतिशत भोट पाएका छन् । नम्बर ८ मा पुगेका टाइगर श्राफले २ देखि २८ प्रतिशत भोट पाएका छन् । 

नम्बर ९ मा पुग्ने आमिर खानले ० देखि ८५ प्रतिशत भोट पाएका छन् । त्यसै गरेर नम्बर १० मा पुग्ने जोन अब्राहमले ० देखि २८ प्रतिशत भोट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्