प्रियंकाको कपि गर्दै आयुष्मानले दिए यस्तो पोज (फोटोफिचर)



काठमाडौं : नायक आयुष्मान देशराज जोशीका साथीहरुले उनलाई ब्याचलर्स पार्टी दिएका छन्। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले फागुन १५ मा लगनगाँठो कस्दै छन् ।

पोखराको वाटरफ्रन्ट रिसोर्टमा उनका भाइसहितको टोलीले ब्याचलर्स पार्टी दिएका हुन्। पार्टीमा उनीहरुले प्रियंकाको पार्टीको पोजहरु कपी गरेका छन्।

करिब एक वर्षअघि इन्गेजमेन्ट गरेको यो जोडीको विवाहले मनोरञ्जन बजार तातेको छ । प्रियंका केहि समय अघि आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्