‘बन्दी आ चन्द्रागिरी’ पुस्तक विमोचन



जनकपुरधाम : कृष्ण सेन इच्छुकद्धारा लिखित नेपाली भाषाको ‘बन्दी आ चन्दागिरी’ नामको पुस्तकको मैथिली संस्करण जनाकपुरमा विमोचन गरिएको छ । 

साहित्यकार रोशन जनकपुरीले मैथिलिमा अनुवाद गरेको पुस्तकको विमोचन भएको हो । शनिबार जनकपुरको मत्स्यपालनको सभाहलमा कवि कृष्ण सेन इच्छुकद्धारा लिखित नेपाली भाषाको बन्दी आ चन्दागिरि नामको पुस्तक विमोचन भएको छ । 

कवि कृष्ण सेन इच्छुकले बन्दी जीवन बिताउँदै लेखेको बन्दी आ चन्द्रागिरि पुस्तकमा उत्पीडित र शोषित वर्गको हृदयको अवाज झल्काउने ९ वटा कविता रहेको छ । 

 

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ नेकपाका सांसद रामचन्द्र मण्डलले कवि कृष्ण इच्छुक सामाजिक यथार्थवादी कवि रहेको भन्दै उनीबाट सबै नेपालीले पाठ सिक्नुपर्ने बताए । 


हाजिरी जवाफ प्रतियोगितामा न्यु इङलिश स्कुल प्रथम 

 

हाजिरी जवाफ प्रतियोगितामा जनकपुरका न्यु इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ । 

 

शनिबार उद्योग वाणिज्य संघ जनकपुरको सभाहलमा नियो नेपाल एडुकेशन संस्थाले आयोजना गरेको इन्टर स्कुल हाजरी जवाफ प्रतियोगितामा न्यु इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको हो । 

 

जनकपुरको विद्यालयहरुको सहभागितामा भएको कार्यक्रममा एडु एकेडमि प्वाइन्ट द्धितिय र मोडल मल्टिपल क्यामप्स तृतिय भएको हो । 

 

प्रतिक्रिया दिनुहोस्