सिंहदरबारभित्र आगलागी !



काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो (आइतबार) नेपाल टेलिभिजन नजिक रहेको हुलाक सेवा विभागको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन ।

साँझ ७ः२५ बजे सुरु भएको आगलागी करिब आघा घण्टापनि नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् भने कुनैपनि मानवीय क्षति नभने भएको प्रहरीले जनाएको छ ।

घटनास्थाल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए ।

प्रारम्भिक अनुसन्धानका अनुसार आगलागी विद्युत सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको थियो । तर, पछि डस्टबिनभित्र चुरोटका ठुटा प्रशस्तै भेटिएका हुँदा ठुटाबाटै आगो लागेको हुन सक्ने देखिएको हो ।

अगलागी भएको भवनमा संसद भवन निर्माण सचिवालय निर्माणको कार्यालय, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय छ । सबैभन्दा तल्लो तलामा चमेनागृह छ ।

प्रतिक्रिया दिनुहोस्