सुनको मूल्यमा नयाँ इतिहास, आज तोलाको ८० हजार ३ सयमा कारोबार



काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार ८ सयमा कारोबार भएको सुन आज १५ सयले वृद्धि भएर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सुनको मूल्यमा नयाँ इतिहासले रेर्कड बनाएको छ ।

त्यसैगरी आज तेजाबी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको महासंघले बताएको छ ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्