भारतीय ‘नागरिकता’ नभएका बलिउडका चर्चित अभिनेत्री



काठमाडौं : भनिन्छ, कलाको कुनै सिमा हुँदैन। सायद त्यसैले पनि होला, बलिउडका कलाकार हलिउड पुगेर अभिनय गर्न सफल भएका छन् भने कलिउडका कलाकार बलिउडसम्म पुगेर अभिनय गरिरहेका छन्।

बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो भारतीय होइनन् । तर भारतीय दर्शकमाझ उनीहरु निकै लोकप्रिय छन् । आज हामी बलिउडमा लोकप्रिय तर भारतको नागरिकता नभएका अभिनेत्रीबारे चर्चा गछौं।

क्याट्रिना कैफ


बलिउडका चर्चित अभिनेत्री हुन्, क्याट्रिना कैफ । क्याट्रिना कैफको वास्तविक नाम क्याट्रिना टर्कोट हो । उनको जन्म जुलाई १९८३ मा हङकङमा भएको हो । जन्म हङकङमा भए पनि उनको नागरिकता बेलायतको छ । २००३ को बुम फिल्मबाट क्याट्रिनाले बलिउड यात्रा सुरु गरेकी थिइन् ।

भाषमा समस्या भएपनि पछिल्लो समय उनले बलिउडमा आफूलाई स्थापित गरेकी छिन्। भारतको सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री मध्ये क्याट्रिना पनि एक हुन् । उनी बेलायती नागरीक भए पनि भारतमा इम्प्लोएमेन्ट भिषामा काम गरिरहेकि छन्।

नरगिस फाख्री


बलिउड अभिनेत्री नरगिस फाख्रीको जन्म सन् १९७९ अक्टोबर २० मा अमेरिकाको न्युयोर्क सिटीमा भएको हो । उनको वास्तविक नाम नरगिश मोहम्मद फाख्री हो । अमेरिकी मोडेल तथा अभिनेत्री नरगिस बलिउडमा आफुलाई स्थापित गरेकी छन्।

नरगिस सन् २०११ मा रकस्टारबाट बलिउड प्रवेश गरेकी हुन् । त्यस्तै २०१३ मा मद्रास क्याफे, २०१४ मा में तेरा हीरो मा काम गरिसकेकी छन्। उनीसँग पनि भारतको नागरिकता छैन । उनको नागरिकता पाकिस्तानी–चेक र अमेरिकाको मिक्सअप छ । उनी स्वयंलाई ग्लोबल सिटिजनशिप मान्छिन् ।


ज्याकलिन फर्नान्डेज

ज्याकलिन फर्ना्न्डिज एक भारतीय मोडल तथा अभिनेत्री हुन् । श्रीलंकाली अभिनेत्री ज्याकलिनको जन्म सन् १८८५ अगस्ट ११ मा बहराइनको मनामामा भएको हो । ज्याकलिनले बलिउड करिअर सन् २००९ मा रिलिज भएको ‘अलादिन’बाट सुरु गरेकी थिइन् ।

त्यसपछि उनले मर्डर–२ मा पनि काम गरिन् । उनीसँग पनि भारतको नागरिक छैन । उनी श्रीलङ्काकी नागरिक हुन् तथा उनले २००६ मा श्रीलङ्का मिस युनिभर्स आफ्नो हात पार्न सफल भएकी थिइन् । उनी हिन्दी चलचित्रमा अभिनय गर्छिन । उनी सबैको मनमा बस्न सफल भएकी छन्।

सनी लियोनी

बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीको जन्म क्यानडाको सर्नियोमा सन् १९८१ मे १३ मा भएको हो । उनको वास्तविक नाम करनजित कौर भोहरा हो । पोर्नस्टारको रूपमा चर्चा कमाएकी विवाहित सन्नी हाल बलिउडमा काम गरिरहेकी छिन् । उनी इन्डियन–अमेरिकन अभिनेत्री र मोडेल हुन् ।

तर उनी संग क्यानडा तथा अमरीकाको दोहरो नागरिकता छ । उनी सन् २००३ मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन् । उनलाई मैक्सिमद्वारा २०१० मा १२ शीर्ष अश्लील कलाकारहरुमा मनोनित गरिएको थियो । सन् २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्दे्शित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् ।

त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट (२०१३), रागिनि एमएमएस २ (२०१४) एक पहेली लिला (२०१५) मा अभिनय गरिन् । सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रमबिग बोस मा सहभागी बनिन् । उनले अर्को टिभी कार्यक्रम स्प्लिट्सभिलामा पनि सञ्चालकको भूमिका निभाएकी छिन् ।

अभिनय जगत् भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् । अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउने सहयोग र पेटा, एक अमेरिकी जीवजन्तू अधिकार संस्था, का लागि उनले चेतना अभिवृद्धि कामहरूमा सहभागी भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्