पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

 

गोइतका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको उनले जानकारी दिए । अबदेखि पेट्रोल लिटरको एक सय १४ र डिजेल÷मट्टितेल एक सय एक रुपैयाँ पर्ने छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

 

मूल्य बढाउँदा पनि प्राय सबै इन्धनको व्यापारमा निगमलाई घाटा हुने बताइएको छ। गोइतका अनुसार पेट्रोल लिटरमा २।९२¸ डिजेलमा२।७२ र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९।७९ रुपैयाँ घाटा रहेको र आगमी १५ दिनमा ३१ करोड ६७ लाख घाटा हुने निगमको प्रक्षेपन छ।

 

भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५\१५ दिनमा मूल्य समायोजन गर्छ।

 

अमेरीकी डलरको तुलनामा नेपाली÷भारतीय मुद्राको अवमुल्यन भएको र सोहीअनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्