बाँदरलार्इ बस चलाउन दिएपछि चालककाे जागिर गयाे



भारत : भारतका एकजना बसचालकले बाँदरलाई बस चलाउन दिएपछि आफ्नो जागिर गुमाएका छन्।

 

तर अचम्म त के भने बाँदरलाई बस चलाउन दिएकोप्रति दक्षिण भारतीय राज्य कर्णाटकाको उक्त बसमा सवार ३० मध्ये एकजना यात्रुले पनि गुनासो गरेका थिएनन्। जब उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो तब उक्त चालकका रोजगार कम्पनीले कारबाही गर्‍यो।

 

सो कम्पनीका प्रवक्ताले भने, "बाँदरलाई चलाउन दिएर यात्रुहरूको सुरक्षामा कुनै खतरा पुर्‍याउन पाइँदैन।" तर इन्टरनेट प्रयोगकर्ताहरूमध्ये कतिपयलाई भने सो निर्णय अप्रिय लागेको छ।

 

लङ्गुर बाँदरलाई बस चलाउन दिएकोप्रति टिप्पणी गर्दै एक पराग हेदाले ट्विटमा भनेका छन्, "किन जागिरबाट निलम्बन गर्नु? बरू आइन्दा त्यसो नगर भनेर छाडेको भए हुन्थ्यो।"

 

राज्य सरकारको यातायात निकायका अनुसार सो घटना सोमवार भएको हो।  प्रत्यक्षदर्शीहरू भन्छन्, सो बाँदर अन्य एक यात्रुसँगै बस चढेको थियो। त्यसले चालककै सिटमा बस्न रुचायो।

 

एम प्रकाश नाम गरेका ती चालक बाँदरले स्टेरिङ ह्वील समाउँदा चिन्तित देखिएन। तर खासमा उनले आफ्नो एक हात भने स्टेरिङ ह्वीलमा राखिरहेका थिए।

 

विवरणहरूका अनुसार अन्तत: उक्त बाँदर आफ्नो गन्तव्यमा पुगेपछि ओर्लियो र बाँकी यात्रा उनै चालकको जिम्मा छाडिदियो।

खबर बीबीसीबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ