मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै


हेटौँडा : वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पु-याउने तयारी थालिएको हो ।

कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा आफ्नो स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ।

कतिपय अस्पतालले आजभोलिबाटै र केहीले एक हप्ताभित्रमा कार्यक्रम शुरु गरिसक्ने र आगामी चैतको पहिलो हप्ताबाट सबै नागरिकलाई सेवा दिनेगरी कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका रूपमा प्रदेशका पाँच जिल्लाका पाँच अस्पतालबाट शुरु गरिएको कार्यक्रम अब चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ अस्पतालबाट एकैसाथ शुरु गर्न लागिएको हो ।

कार्यक्रमको शुरुआती चरणमा जेष्ठ नागरिक, दलित, महिला, विपन्न तथा अल्पसङ्ख्यकका लागि सेवा दिइएको भए पनि आगामी दिनमा कार्यक्रमको दायरा फराकिलो बनाएर कार्यक्रम शुरु गर्न लागिएको हो ।

विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सहज परीक्षण गरी समयमै उपचार गर्नका लागि सहजता होस् भन्ने उद्देश्यले प्रदेशका सम्पूर्ण नागरिकको पहुँच पुग्ने गरी कार्यक्रमलाई व्यापकरूपमा विस्तार गर्न लागिएको मन्त्री दुलाल बताउछन् ।

नसर्ने रोगका बारेमा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गरेर आफूमा भएका स्वास्थ्य समस्याका बारेमा समयमै जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

प्रदेशको हेटौँडा अस्पतालसहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अन्य नागरिकलाई न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्नेगरी कार्यक्रम ल्याइएको मन्त्री दुलालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकका ३ सय ५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु