साउथका किच्चा सुदीप ‘दबंग ३’ मा भिलेन 



एजेन्सी:  एक्सन फिल्ममा हिरो र भिलेनको प्रस्तुति दमदार भयो भने दर्शकले धेरै मन पराउँछन् । यहि मर्मलाई आत्मसाथ गरी बलिउडका दबंग सलमान खानले ‘दबंग ३’ मा साउथका भिलेन किच्चा सुदीपलाई अनुबन्ध गरेका छन् ।

सुदीप र सलमान लामो समयदेखि एकअर्कासँग काम गर्न चाहन्थे । ‘दबंग ३’ मा चुलबुल पाण्डेको सामना पनि एक दमदार भिलेनसँग हुन लागेको हो । लामो समयदेखि सलमान ‘दबंग’ को तेस्रो सिक्वेलमा जुटेका थिए । हालै उनले सुदीपको फिल्म ‘पहलवान’ को टिजर सोसल मिडियामा सेयर गरेका छन् ।

सुदीप कन्नड फिल्मबाट स्थापित भएका हुन् ।  उनले ’मक्खी’ (इगा) र ’फूंक’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका छन् । पहिलो पटक सलमानसँग काम गर्न उनी निकै उत्साहित देखिएका छन् । यसअघि दबंगको दुई सिक्वेलमा सोनु सुद भिलेनको भुमिकामा थिए । साउथ शैलीमै निर्माण हुँदै आएको दबंगको तेस्रो भागमा किच्चा सुदीपको खतरनाक एक्सन देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्