बस दुर्घटनामा एक जनाको मृत्यु, आधा दर्जन घाइते



रामेछाप: रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस  दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकांश यात्रु घाइते भएका छन्।  खचाखच यात्रु बोकेर हिँडेको बस मच्छेडाडीको ओरालोमा ब्रेक फेल भइ अनियन्त्रित भएको हो । 

घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी गम्भीर घाइते बनेका आधा दर्जन बढी घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। 

प्रतिक्रिया दिनुहोस्