सुदूरपश्चिमका झर्रा शब्द समेटेको उपन्यास ‘चिराक’ बजारमा 



काठमाडाैं : डा. रेणुका ‘सोलु’को उपन्यास बजारमा आएको छ । शनिबार प्रज्ञा भवन कमलादीमा पुस्तकको विमोचन गरिएको हो । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा सुदुरपश्चिम नेपालको भुगोल, समाज र संस्कृतीलाई चित्रण गरिएको छ । 

 

महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतारेकी छन् । विमोचन कार्यक्रममा बोल्दै समालोचक प्रा.डा. लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवार भित्रको महिला हिंसाको उजार्गर भएको टिप्पणी गरे । 

 

पढाईमा समेत तेज उपन्यासकी मुल पात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाईमा चिराक बनेर उभिन्छीन् भन्ने सन्देश पुस्तकले दिन्छ । 

 

यौन मनोविज्ञान, पुरुष प्रधान समाज र मानसिक्ताले जगडीएको समाजका खराब पक्षलाई पुस्तकमा पृथक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले बताइन् । 

 

यस्तै अर्का समालोचक प्रा.डा. ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनु पर्ने बताए । त्यसका लागि साहित्यिक कृति मार्फत लेखकले न्याय गरेको उनको टिप्पणी छ । 

 

अर्की साहित्यकार मायाँ ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिडिसकेको बताइन् । पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेटिनु असाधारण भएको बताइन् ।

 

लेखक ‘सोलु’ले उपन्यासमा साहित्यीक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको त्यस्तै ल्याउन झर्रा शब्दहरुलाई बढी प्रयोग गरिएको बताइन् । 

सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २ सय ४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ । 

 

लेखक रेणुका‘सोलु’को यो दोस्रो उपन्यास हो । यस अघि उनको उपन्यास ‘भिरमह’ बजारमा आएको छ । ‘गुलाफ फूल्न खोज्दा’आत्मसस्मरण,‘अस्तीत्वको खोजी’कथासंग्रह, ‘उपन्यासकार विपीका नारी पात्रमा नीती चेतना’ समालोचना लगायत १२ वटा कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्