डिभाेर्सपछि फरहानकाे विवाह तयारी



एजेन्सी : बलिउडमा डिभोर्स र बिहेको खबर आइ नै रहन्छ । पछिल्लो समयमा बलिउडमा कलाकारले डिभोर्सपछि अर्को बिहे गर्ने  फेसन नै चलेको छ  । यसैबीच बलिउडका चर्चित गायक, गीतकार, नायक, चलचित्र निर्माता, पटकथा लेखक र निर्देशक फरहान अख्तर पनि डिभोर्सपछि बिहे गर्ने तयारीमा लागेका छन् । 

फरहान अहिले शिवानी दाण्डेकरसँगको प्रेममा रहेको खबर सार्वजनिक भइसकेको छ ।  शिवानीले हालै  नयाँ वर्ष फरहानको घरमा मनाएकी थिइन् । भारतीय मिडियाका अनुसार फरहानको घरपरिवारसँग शिवानी घुलमिल भइसकेकी छिन् । यसैले उनीहरु चाँडै नै बिहे गर्ने तयारीमा रहेका छन् ।

 

शिवानी र फरहानले यो वर्षको मार्च वा अप्रिलमा बिहे गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । फरहानले अधुना बभानीसँग बिहे गरेका थिए । उनीहरुको डिभोर्स भइसकेको छ  ।

 

फरहान अख्तरको जन्म ९ जनवरी १९७४ मा भएको थियो । उनले ‘दिल चाहता है’, ‘रक अन’, ‘डन’, ‘जिन्दगी न मिलेगी दुबारा’, ‘भाग मिल्खा भाग’ लगायतका फिल्ममा काम गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्