‘रातो गलबन्दी’ मा केकी र कोशिश



काठमाडौं : नायिका केकी अधिकारी र नायक तथा संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिनमा साझेदारी गरिरहेका छन् । माघ ५ गते उर्लाबारीमा भएको एक कार्यक्रममा घोषणा गरिएको फिल्म ‘रातो गलबन्दी’ मा यो जोडीलाई हेर्न सकिनेछ । यस फिल्मलाई मनिष थापाले निर्देशन गरिरहेका छन् ।  

‘रातो गलबन्दी’ प्रेममकथामा आधारित फिल्म हो । यस फिल्मको निर्माण लागत ९० लाख रहेको छ । यस फिल्मको छायांकन पूर्वका विभिन्न रमणीय स्थानहरुमा गरिनेछ । यस फिल्मको निर्माता नवराज लम्साल, हिमाल कडेरीया र दुर्गा बस्नेत छन् ।

केकी र कोशिशका अलावा यस फिल्ममा बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, ‘चुप्पी डन’ को नामले परिचित यज्ञबहादुर कटुवाललगायतले फिल्ममा अभिनय गरेका छन् । हिमाल कडरियाको कथामा बन्न लागेको यस फिल्मलाई सुमन योन्जनले खिच्दैछन् ।

किरण माइकलको पटकथा रहेको यस फिल्ममा गाउँ–सहरको परिवेश प्रस्तुत गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्