पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रमको आह्वान


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न संगठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न संगठित प्रयास भएको बताए । ‘‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो । यही आरोप सत्य हो भने ऊ सजायँको भागीदार हुन्छ’’ उनले भने, ‘‘ होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ ।’’ उनले कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने स्पष्ट गरे ।

उनले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको बताए । ‘‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो । मैले राजीनामा स्वीकृत गरेँ’’, उनले भने, ‘‘ उहाँले यो टेप मेरो होइन भनिरहनुभएको छु । म न्याय खोज्छु भन्नुभएको छ । स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यसको कुनै सत्यता पुष्टि भएको छैन । त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन । त्यो टेप प्रकरण प्रमाणित हुँदैन ।’’ उनले बाँस्कोटमा दोष देखिएमा त्यसको सजाय उनले भोग्ने बताए ।

उनले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको छ भन्दै त्यो काम नलाग्ने बताए । उनले पार्टीको सही नीति तथा व्यापक र सुदृढ सङ्गठन भए पनि प्रचारमाध्यममा मात्र कमी रहेको बताए । उनले केही विरोध गर्न नपाएपछि आफ्नो जन्मदिनमा जनताले केक काटेर उत्सव मनाएकामा पनि नेपाली कांग्रे्रेसले विरोध गरेको बताए । ‘‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने कांग्र्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’’, उनले भने, ‘‘ मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन् । कसले केक ल्याए, मलाई थाहा छैन । मैले केक छोइदिएको मात्र हुँ । केक उनीहरुले नै काटेका हुन् ।’’

संसदमा जवाफ दिइने

उनले संसदबाट आफू कहिल्यै नभागेको बताए । उनले भने, ‘‘संसदमा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसदमा २ तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिन ।’’ उनले आफू कुनै समय संसद जाने र प्रतिपक्षाको कुरा सुनेर जवाफ दिने पनि स्पष्ट गरे । ‘‘प्रधानमन्त्री विभिन्न कामले सधैँ संसदमा पुग्न सक्दैन’’, उनले भने,‘‘ म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।’’ केही दिनमा मिर्गाैला प्रत्यारोपण

प्रधानमन्त्री ओलीले केही दिनभित्र आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिएका छन् । मिर्गौला प्रत्यारोपण गरेर ५ दिन अस्तपालमा बस्ने र छैटाँै दिनमा घर आएर काम शुरु गर्ने उनको भनाइ थियो ।

उनले अझै पनि १०-१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गरे । ‘‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’’, उनले भने,‘‘ बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ, जिन्दगी यस्तै हो ।’’ रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका