पशुपतिनाथको ११ सय बिघा जग्गा गायब !



काठमाडाै‌ं:  पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन। यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय विघा जमिन छ। तर, गायव सरह। मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि गायव जग्गा फर्काउन सकेको छैन । 

राजा त्रिभुवनले आफूलाई दूध खुवाएपावत बुबुबडामहारानी (धाइआमा) लाई तराईका चार जिल्लामा ११ सय विघा जग्गा बिर्ता दिएका थिए।  ०४२ सालसम्म ती जग्गाबाट कुतआउँथ्यो। त्यसयता जग्गाको खोजखबरै छैन। जग्गाको स्रेस्ता न कोषसँग छ, न मालपोत र गुठीसँग। रौतहट, सर्लाही, सिरहा र पर्सामा जग्गा खोज्न पशुपति विकास कोषको टोली तयारी अबस्थामा बसेको अन्नपुर्णमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्