चार वर्षपछि तातोपानी नाका खुल्दै



काठमाडाै‌ं: ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ। चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख) मा औपचारिक रुपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीब्रता दिइरहेको छ। 

भूकम्प र भोटेकोसी वाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसीले तीब्रता दिएको छ। सुक्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। 

बाह्रविसेदेखि मितेरीपुलसम्मको २६ किमी कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले जानकारी दिएको खवर नयाँ पत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस्