प्रस्ताव नै नगरी गाउँपालिकाको नाम परिवर्तन



रसुवा: रसुवाको कालिका गाउँपालिकाको नाम परिवर्तनको विषय गाउँसभामासमेत उठेको छैन। तर कर्मचारी समायोजन फारममा भने गाउँपालिकाको नाम परिवर्तन गरेर शुभकालिका गाउँपालिका राखिएको छ। गाउँसभाबाट पारित नै नभएको नाम आएकोमा अचम्म लागेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए। ‘कर्मचारी समायोजनको लागि अनलाइनबाट फर्म भर्दा नाम परिवर्तन गरेर राखेको कर्मचारीबाट जानकारी भयो, उनले भने, तर नाम परिवर्तन गरेको छैन।’

जिल्लाको एउटा गाउँपालिकाको नाम मात्रै परिवर्तन भएको छ। जिल्लाको पार्वतीकुण्ड गाउँपालिकाले नाम परिवर्तन गरेर आमाछोदिङ्मो गाउँपालिका राखेको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले गोसाइकुण्ड–लाङटाङ नाम प्रस्ताव गरेको छ। तर यसको पनि नाम परिवर्तन भइसकेको छैन्। जिल्लामा पाँचवटा गाउँपालिका रहेका नागरिकमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्