माइतिघर र चाबहिलमा आकाशे पुल बनाइने



काठमाडौ‌ं:  काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ। पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। 

उनका अनुसार कामपाको योजना चालु आवमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी दुई स्थानमा मात्रै पुन निर्माणको तयारीमा कामपा लागेको हो। आगामी दिनमा निर्माण गरिने सबै पुल आवश्यकताअनुरूप एक स्थानबाट अन्यत्र सहजै स्थानान्तरण गर्न सकिने किसिमको हुनेछ। दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । 

टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना छ। सवारी साधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । अब निर्माण गरिने पुलमा विज्ञापन राख्न नपाइने कामपाले जनाएको छ। कामपाभित्र सुन्धारा, नयाँ सडक, वीरअस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन्। 

प्रतिक्रिया दिनुहोस्