उपत्यकाका विभिन्न ठाउँका डीएसपी सरुवा : काे कहाँ पुगे



काठमाडौं : प्रहरी प्रधान कार्यालयले घुसकाण्डमा मुछिएका श्यामकुमार राईको स्थानमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको छ । उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व फेर्ने क्रममा प्रधान कार्यालयले चन्दलाई बौद्ध बृत्तको जिम्मेवारी दिएको हो । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार राति एक लाख ४० हजार रुपैयाँ घुस लिँदा लिँदै राईलाई समातेपछि चन्द त्यहाँ पुगेका हुन् ।

 

थानकोटमा डीएसपी कुमारविक्रम थापालाई पठाइएको छ । त्यसैगरी ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्र पुगेका छन् । थानकोटका डीएसपी नवरत्न पौडेल भने संयुक्त राष्ट्र संघको मिसनमा जाने भएका छन् । 

 

सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धनन विभागमा सरुवा भएका थिए । त्यसपछि मिश्रलाई त्यहाँको जिम्मेवारी दिइएको हो । 

 

डीएसपी चन्द बौद्ध पुगेपछि महानगरीय प्रहरी परिसर ललितपुरस्थित उनको स्थानमा अपिलराज बोहरा पुगेका छन् । यसअघि बोहोरा प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा थिए ।

प्रतिक्रिया दिनुहोस्