एमाले र माअाेवादीकाे नामबाट दाेहाेराे सुविधा लिँदै नेकपा



जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेता र सचेतकको नाममा प्रदेश २ को सभाबाट दोहोरो सुविधा लिँदै आएको छ ।

 

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा भएको झन्डै ९ महिना बित्दा पनि प्रदेश सभालाई जानकारी गराइएको छैन ।

 

पार्टी एकीकरण गरेर नेकपाले प्रदेश इन्चार्जदेखि सचिवसम्म तोकिसकेको छ । तर, प्रदेश सभालाई भने जानकारी गराएको छैन । पार्टी एकताबारे प्रदेश सभामा औपचारिक जानकारी नआएको सभामुख सरोजकुमार यादवले बताए । अाजकाे नयाँ पत्रिका दैनिकले खबर लेखेकाे छ । 

प्रतिक्रिया दिनुहोस्