सडकमा फोहर फाल्नेलाई ५० हजार जरिवाना



काठमाडौं :  काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेमाथि कारबाही थालेको छ । घर, पसलबाट निस्केको फोहोर, बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटजस्ता वस्तुको खोल सडकमा फाल्नेमाथि कारबाही हुने भएको छ । 

महानगरपालिकाको अनुगमन टोलीले सडकमा फोहर फाल्दै गरेको अवस्थामा भेटे फोहोर मैला व्यवस्थापन ऐनबमोजिम ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

 

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अनुगमन टोली खटाएर सहरमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न लागेको छ । सहरका विभिन्न ठाउँमा स्मार्ट डस्टबिन राख्न सुरु गरेपछि महानगरपालिकाले यस्तो अभियान चलाएको छ । महानगरका एक अधिकारीका अनुसार सहरलाई स्वच्छ राख्न सुरुमा जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारबाही गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्