जबरजस्ती करणीका आरोपी सिद्धबाबाले गरे आत्मसमर्पण



काठमाडौं : जबरजस्ती करणीको आरोप लागेपछि फरार हुँदै आएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

उच्च अदालत विराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबाले जिल्ला अदालत सुनसरीमा आज (मंगलबार) आत्मसमर्पण गरेका हुन् ।

आफ्नै अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप उनीमाथि लागेको थियो ।

उनलाई उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आदेशअनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको बताइएको छ ।

उच्च अदालत विराटनगरमा मुद्दाको बहस हुँदै गर्दा उनी भारततिर फारार भएका थिए । उनीविरुद्ध मंसिर १६ गते जिल्ला प्रहरी सुनसरीले गिरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्