बलात्कार आरोपी ‘सिद्धबाबा’ कारागार चलान



काठमाडौं : बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई कारागार चलान गरिएको छ ।

आज (मंगलबार) विगत केही महिनादेखि फरार रहँदै आएका गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेको हुन् ।

एक अनुयायी महिलालाई जवरजस्ती करणी गरको अभियोगमा थुनछेकका लागि गिरीलाई विराटनगर उच्च अदालतको आदेशअनुसार झुम्का कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए ।

उनकै एक अनुयायी महिलाले सिद्धबाबा भनिने गिरीमाथि जवरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन् । सो आरोपमा सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि विराटनगर उच्च अदालतमा त्यसविरुद्ध निवेदन परेको थियो । उच्च अदालतले गत माघ ९ गते गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उच्च अदालतको आदेश नआउँदै गिरी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्