बलिउडका ऋतिक हलिउडमा छलागं मार्दै !



एजेन्सी : बलिउडका स्टाइलिस अभिनेता ऋतिक रोशकले धेरै हिट फिल्म दिएका छन् । उनका पछिल्लाे फिल्म ‘वार’बाट राम्रो चर्चा कमाए । यतिबेला चर्चा चलेको छ, यी अभिनेताले अब हलिउड फिल्ममा काम गर्दैछन् ।

भारतीय मिडियाका अनुसार अमेरिकाको एक एजेन्सीले हलिउड प्रोजेक्टका लागि ऋतिकको म्यानेजरसँग कुरा गरेका छन् । यसमा ऋतिकले पनि चासो देखाएका छन् । तर यो खबरमा कति सत्यता छ भन्नेमा ऋतिकले कुनै पुष्टि गरेका छैनन् ।

रिपोर्टसका अनुसार ऋतिककी म्यानेजर अमृता सेनले भनिन्- ‘ऋतिक सधै मेहनतका साथ काम गरिरहन्छन्, पछिल्लो २० वर्षमा उनले भारतीय फिल्मलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।’

अमृताको संकेत अनुसार ऋतिकले छिट्टै नै हलिउड फिल्ममा काम गर्न सक्नेछन् । यतिबेला भने उनी आफ्नो सुपरहिरो फिल्म ‘कृष ४’ मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्