भूकम्पको कथामा आधारित चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक



काठमाडौं : चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा बिदेसिनुको बाध्यता र भूकम्पका कारण आफ्नो सन्तान गुमाउनु पर्दाको पिडालाई देखाइएको छ । चलचित्रले यही चैत ७ लाई नयाँ प्रदर्शन मिति तोके छ ।

फुलमान बलको निर्देशन तयार यस चलचित्रमा दयाहाङ र शान्ति वाइबाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।

चलचित्रमा निर्देशक बल र सचिन घिमिरेको पटकथा रहेको छ । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

फ्रेन्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।

प्रतिक्रिया दिनुहोस्