टिप्परले ठक्कर दिदा २ जनाको मृत्यु, विराटनगरमा तनाव



मोरङ : विराटनगर महानगरपालिका-१९ मा टिप्परको ठक्करबाट २ जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेको छ ।

स्थानीयले टिप्पर चालकलाई कडा कारबाही गर्न माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई क्षतिपूर्ति र विराटचोक-घिनाघाट सडकमा टिप्पर आवागमनमा रोक लगाउनुपर्ने माग राखेका छन् ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारीसाधन स्थानीयले चल्न दिएका छैनन् । घटनापछि आक्रोशित स्थानीयले २ वटा टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनापछि उत्पन्न समस्या समाधानका लागि अहिले वार्ता भइरहेको छ ।

प्रहरी, प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको हो । पुष्पलाल चोक-विराट चोक सडकखण्ड अन्तर्गत मिलन चोकमा टिप्परले ठक्कर दिँदा २ जनाको ज्यान गएको हो ।

टिप्परले ठक्कर दिँदा मोरङ ग्रामथान गाउँपालिकाका अटो चालक ४५ वर्षिय बाबुराम सरदार र उनकी ६ वर्षिय नातिनी सबिता सरदारको ज्यान गएको हो । विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नं.को टिप्परले विपरीत दिशातर्फ जाँदै गरको प्रदेश १-००२ ह ८६०६ नं.को अटो टेम्पोलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्